आइतबार, फागुन ३, २०८२

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा

मेरोन्यूज २०७८ साउन २९ गते १९:०८

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामाको घोषणा गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्दै उनीहरुले राजिनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । तर, आमन्त्रित केन्द्रीय सदस्यहरुले तलबाट नै निर्वाचित भएर आउनु पर्ने व्यवस्था रहेको छ ।

उनीहरुले क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्‍दै राजीनामा गरेका हुन् । विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले राजीनामा गरेका उनीहरुले बताएका छन् । सभापति शेरबहादुर देउवालाई २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र बुझाएका छन् । कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति देउवा निवास बुढानिकलण्ठमा जारी छ ।


सामूहिक राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यहरु :

१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. गोरख (आनन्द) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेख प्रताप शाह
१७. दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२. राजेश बहादुर सिंह

प्रतिक्रिया