सर्यो कांग्रेसको महाधिवेशन, मंसिर ९ देखि १३ मा गर्ने

काठमाडौं । नेपाली काग्रेसले फेरि पार्टीको १४ औं महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको छ । अव महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने गरी महाधिवेशन कार्यतालिका संसोधन गरेको हो ।
काग्रेसको तीन दिन सम्म बसेको पार्टी केन्द्रीय समितिको वैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
यस अगाडी महाधिवेशन ५ पटक सरिसकेको थियो । पछिल्लो पटक भदौं १६ देखि १९ सम्मका लागि महाधिवेशन कार्यतालिका बनेको थियो । कांग्रेसले भदौ २३ गते सम्म महाधिवेशन नगरे सम्वैधानिक संकट आउने वताईएको थियो । उसले कार्यकाल ४ वर्ष पूरा गरिसकेको थियो । विधानको ब्यवस्था अनुसार थप १ वर्ष पनि समय लिएको थियो । त्यसपछि पनि संविधानको ब्यवस्था अनुसार थप ६ महिनाको समय पनि कांग्रेसले गुजारिसकेको थियो ।
अव उसले फेरि तीन मिहना पछि महाधिवेशन धकेल्ने निर्णय लिएको हो ।
तीन मिहना पछि महाधिवेशन धकेल्दा काग्रेसले लकडाउन अवधीको सून्य समय सर्वाेच्चले कर तिर्नलाई दिएको पा्रवधानलाई नै अहिले आधार बनाउन खोजेको देखिएको छ ।
नयाँ संसोधित कार्यतालिका यस्तो छ
१) कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने : २०७८ भदौं २
२) निर्वाचन निर्देशिका बुझाउने : २०७८ भदौं २
३) वडा अधिबेशन : २०७८ भदौं १८
४) गाउँ-नगर पालिका : २०७८ भदौं २७
५) प्रदेश क्षेत्र : २०७८ असोज १
६) संघिय निर्वाचन क्षेत्र : २०७८ असोज ५
७) जिल्ला : २०७८ असोज १०
८) प्रदेश : २०७८ कात्तिक १० देखि १२
९) केन्द्रीय महाधिवेशन :२०७८ मंसिर ९ देखि १३

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया