अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले आलटाल गर्न हुँदैन : डा.भट्टराई
काठमाडौं । जनता समाजवाद पार्टीका अध्यक्ष डाक्टर बाबुराम घट्टराईले अफगानिस्तानमा शंकटमा परेका नेपालीहरुलाई तुरुन्त स्वदेश फर्काउन सरकारले आलटाल र वाहनावाजी गर्न नहुने बताएका छन् ।
आईतबार सामाजिक सञ्जाल ट्विटर मार्फत उनले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल र वहानावाजी गर्न नहुने बताएका हुन् ।
उनले ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस् ! ’ लेखेका छन् ।
अफगानिस्तानका विभिन्न प्रान्तहरुमा तालिवानले कब्जा गर्दै गएको र त्याहा रहेका नेपालीहरु समेत संकटमा परेको छ । संकटमा परेका नेपालीहरुलाई तुरुन्त नेपाल फर्काउन माग गर्दै पुर्वगृहमन्त्री समेत रहेका नेकपा एमालेका नेता खगराज बरालले नेपाली फिर्ता नल्याए संसदबाट काम गर्न नदिने चेतावनी समेत दिएका थिए ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया