अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन राप्रपाको माग

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)ले सरकारसँग माग गरेको छ ।
राप्रपाका त्रय अध्यक्षहरुको संयुक्त वक्तव्य मार्फत अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गरेको हो ।
तालिवान विद्रोहको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको र यस अवस्थामा त्याहाँ भएका नेपालीहरुको सुरक्षाबारे आफ्नो पार्टि चिन्तित रहेको भन्दै राप्रपाले सरकार समक्ष छिटो भन्दा छिटो उद्धारको माग गरेको छ ।

अफगानिस्तानमा हाल तालिवानको दबदबाह बढ्दै गएको छ र तालिवानले देशका अधिकांस प्रान्तहरुमा कब्जा गर्दै गएको छ भने आज काबुलमा समेत कब्जा गर्ने तयारीमा रहेको बुझिएको छ ।
वक्तव्य मार्फत राप्रपाले ब्रिटिश गोर्खाका भूपुसैनिकहरुको जायज मागहरु पुरा गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति नेपाल सरकारको ध्यान आकर्षिण समेत गराएको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया