नेपालमा दुवै डोज खोप लगाउने १३ प्रतिशत पुग्यो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएयता ४८ लाखभन्दा बढीले कोरोनो भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएसँगै आफ्नो पहिलो प्राथमिकतामा जनतालाई कोरोनाविरुद्धको खोप दिने बताएका थिए ।
देउवा प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७३३ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि झण्डै ३६ लाख नागरिकले कोरानाविरुद्धको खोप लगाएका थिए । यससँगै कोरोनाविरुद्धको खोप लगाउने कूल संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ ।
कोरोनाविरुद्धको दुवै खोप लगाउनेको संख्या ३७ लाख ८ हजार ६८८ पुगेको छ । यस्तै ३७ लाख ८ हजार ६८८ जनाले पहिलो डोज मात्रामा खोप लगाएका छन् ।
सरकारले आगामी असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्ध खोप लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म सबै जनतालाई खोप दिई सक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया