शुक्रबार, पुष ४, २०८२

कोरोनाबाट ४४ जनाको मृत्यु, २ हजार ४८२ जनामा संक्रमण पुष्टि

मेरोन्यूज २०७८ भदौ ९ गते १६:५०

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । केही दिनअघि कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूको विवरणसमेत गरी थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ७८१ जना निको भई घर फर्किएका छन् ।

प्रतिक्रिया