भीम आचार्यको प्रदेश सरकार यसरी ढल्छ महिना दिनमै

प्रदेश १ मा मुख्यमन्त्री फेरिनुभएको छ, केपी ओलीले पहिले आफैले मुख्यमन्त्री दिन नचाहेका नेतालाई अहिले भने संकट पर्न थालेपछि दुई चार दिन नै किन नहोस्, मुख्यमन्त्री बनाउन थाल्नुभएको छ । बागमती प्रदेशमा उहाँले त्यस्तै गर्नुभएको थियो । अहिले प्रदेश १ मा पनि त्यस्तै गर्नु भएको छ । भीम आचार्यलाई मुख्यमन्त्री उपहार दिएर आफुभित्रको संकट टार्न खोज्नु भएको छ । तर त्यसले उहाँको संकट टर्ने सम्भावना देखिएको छैन । पार्टी ओलीले विभाजनको अवस्थामा पुर्याउनु भएको छ । माधव नेपालको नेतृत्वमा हामीले पार्टीलाई पर्नूगठन गरेका छौं, नेकपा एकीकृत समाजवादीका नाममा ।
ओली प्रवृत्तिसँगको अन्तरसंर्घषमा पहिले हामीसँगै रहेका तर अहिले ओलीलाई नै साथ दिन पुग्ने वित्तिकै भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । तर एमाले विभाजित भएको अवस्थामा उनले महिना दिनभित्र अव प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ । भीम आचार्यले अव विश्वासको मत प्रदेश सभामा लिनुपर्छ ।
प्रदेशमा अहिले जम्मा ९२ जना सांसदहरु हुनुहुन्छ । संविधानले ब्यवस्था गरेको ९३ जनाको हो । तर माओवादी छोडेर एमाले प्रवेश गरेर अर्थमन्त्री बनेका टंक आङवुहाङको पद माओवादीले कारवाही गरेपछि गुमेको छ । जसकाकारण ९२ जना मात्रै अहिले प्रदेश १ मा सांसद छन् । सरकार टिकाउन वहुमतका लागि ४७ जनाको आवश्यकता पर्छ । एमालेको ५१ जना सांसद थियौं हामी । तर सभामखुले सभामुख हुँदा दल सदस्य छोडेकोले ५० जना थियौं । त्यसभित्रैबाट अहिले एमाले विभाजित भएको छ । हामी नेकपा एकीकृत समाजवादी भएका छौं ।
कग्रेसको २१, माओवादीको १५ , राप्रपाको १, संघीय लिम्बुवान राष्ट्रिय मञ्चको १, जसपाको ३ जना सांसद अहिले प्रदेश सभामा छौं । अहिले राष्ट्रिय गठबन्धनमा कांग्रेस, माओवादी, जसपा रहेकोले यो गठबन्धनसँग ३९ मत छ । स्थानिय तहमा लिम्बुवानले जहिले पनि यही गठवन्धनलाई साथ दिदै आएको छ । त्यसकारण सरकारले विश्वासको मत लिने बेलामा उनीहरुको सहयोग गठबन्धन दलतिरै हुने सम्भावना छ । उहाँहरुले गठबन्धनलाई सहयोग गर्नु भयो भने ४० सांसद हुन्छ । हामीसँग (नेकपा एकीकृत समाजवादीसँग) ७ जना मात्र रहँदा पनि बहुमतको सरकार बन्छ ।
तर हाम्रो यो संख्या बढी छ । अर्काे पाटोबाट हेर्दा शेरधनको सरकार रहेपनि, भीम आचार्यको सरकार रहेपनि दल विभाजन पछि एक महिनाभित्र विश्वासको मत लिईसक्नुपर्छ । अब आचार्यले सरकार जोगाउन ४७ जना सांसदको साथ पाउनु पर्यो । एमालेसँग ५० मात्रै छ । ५० मा ४ घटेमात्रै पनि ४६ जना हुन आउँछ । ४ जना मात्रै सांसद माधव नेपाल पक्षमा रहेपनि भीम आचार्यको सरकार ढल्छ । सरकार ४ भोटले ढल्छ । सरकार ढल्ने कुरा सुनिश्चित छ ।
माधव नेपाल कमरेडले हामी तिर नआउ भनेर भने पनि प्रदेश सभा १ का एमाले सांसदहरुमध्येबाट ४ जना जसरी पनि माधव नेपाल समुहमा जान्छन् । त्यसो हुँदा आचार्य नेतृत्वको सरकार महिना दिन नपुग्दै वीचमै ढल्ने अवस्था छ । ढल्छ पनि । हामीलाई अहिले १२ भन्दा माथीकै संख्याका साथीहरुले साथ दिने देखिईसकेको छ । तानातानको अवस्था छ । त्यसो हुँदा कम्तीमा १२ देखि १५ जना सांसदहरु नेकपा एकीकृत समाजवादीमा अडिन सक्छन भन्ने हाम्रो विश्वास छ ।
प्रदेश सभामा माधव नेपाल समुहमा रहेका केही नेताहरुले अहिले ओलीतिरै ढल्किनु भएको छ । भीम आचार्यको अवस्था पनि त्यस्तै हो । प्रदेश सभामा पहिले माधव नेपाल समुहमा रहेका सवै नेताले पार्टी विभाजनमा माधव नेपाललाई साथ छोडेपनि ओलीतिरकै पनि कतिपय नेताहरु फेरि हामीलाई साथ दिने सम्भावना पनि बलियो छ ।
अहिलेसम्मको सिन हेर्दा गठबन्धनको सरकार बन्छ, भीम आचार्यको सरकार महिना दिन नपुग्दै भत्किन्छ । त्यसो भए भीम् आचार्यको विकल्प को त ? अहिले बहस भईसकेको छैन । तर प्रदेश १ मा गठबन्धनको सरकार बनिहाल्छ । यहाँको सरकार कुन पार्टीको नेतृत्वमा बनाउने भन्नेमा माओवादीले प्रष्ट धारणा सार्वजनिक गरिसकेको छ । उसले भनेको छ,- प्रदेश १ को सरकारमा अहिले हाम्रो दावी रहन्न । माथी केन्द्रमा पनि करिव/करिव माधव नेपाल समुह बलियो शक्तिका रुपमा देखा परेको छ ।
माधव नेपालले ठूलो संर्घष गरेर संविधान, संसद जोगाएको, पार्टी संर्घषमा परेको कारणले पनि नेपाललाई अहिले सहयोग धेरै गर्नुपर्छ भनेर माथीदेखि नै केन्द्रको मन्त्रिमण्डलमा अलिक बढी नै भएपनि सहभागिता गराउने र प्रदेश सरकारको नेतृत्व पनि छोड्ने कुराहरु आईरहेको छ । त्यसकारण प्रदेश १ मा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना छ ।
हुन त प्रदेश १ माधव नेपालको बलियो संगठनात्मक पकड भएको प्रदेश हो । नवौं महाधिवशेनमा पनि यहाँबाट प्रतिनिधी माधव नेपाल पक्षकै बढी प्रतिनिधित्व भएको थियो ।
संसदमा शुरुमा माधव नेपाल पक्षको प्रभाव राम्रो थियो । केपी ओलीले चुनावमा टिकट दिन नचाहादा नचाहादै पनि उनको समुहका नेताहरु सांसद बनाउन लायक मानिसहरुको संख्या नभएकोले माधव नेपाल पक्षका नेतालाई उठाउन बाध्य भएर उठाएकोले पनि माधव नेपाल पक्ष नै बलियो थियो पहिला । तर पछि पार्टी सत्ता, केन्द्रदेखि प्रदेशसम्मको सरकारको सत्ता प्रयोग गरेपछि केही ओलीतिर लागे र माधव नेपाल समुहको केही सांसद घटेको हो । पहिला माधव नेपाल को एकदम बलियो अवस्था हो । तर पार्टी विभाजनको कारण केही मानिसहरु मूल पार्टीमै रहे भन्दा केही घट्छ । तर स्थिती यहाँ राम्रो हुन्छ हाम्रो ।
अहिलेका मुख्यमन्त्री भीम आचार्यले मलाई अलिक पहिला फोन गर्नुभएको थियो । उहाँको धेरै सासदहरुसँग छलफल गर्ने शैली छैन् । एकोहोरो निर्देशन दिने शैली छ । सांसदहरुसँग बसेर एक कप चिया कहिल्यै खानु भएको छैन । सांसदहरुको मनोभाव के छ, उहाँले बुझ्नु भएन । म केपीतिर लाग्दा सबै मान्छेहरु उतै जान्छन् भनेर भ्रममा परेर उहाँ ओलीतिर झुक्दै जानुभयो । यता गाली गर्दै आउनुभयो । हामीतिरै फर्किंदा पनि यता स्वीकार्ने स्थिती पनि भएन । उहाँ असाध्यै अप्ठ्यारोमा पर्नुभयो । त्यो भएकोले उहाँ अहिले चित्त खाने अवस्थामा पुग्नुभयो ।
अहिले त उहाँसँग कुरा भएको छैन । तर यत्ति हो उहाँ भूतले खाना खाने बेला मुख्यमन्त्री बन्न जानुभयो । उहाँको सरकार टिक्दैन । महिना दिनभित्रै अब उहाँ भूतपूर्व मुख्यमन्त्रीमा पुगिसक्नुहुन्छ । यो निश्चित छ ।
(कुराकानीमा आधारित)

















मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट
झापा ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’
खुल्यो तुम्लिङटार विमानस्थल
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया