शुक्रबार, पुष ४, २०८२

आजको राशिफल : भाद्र १४ गते सोमबार

मेरोन्यूज २०७८ भदौ १४ गते ६:३०

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १४ गते सोमबार, भाद्र कृष्णपक्षको अष्टमी तिथि । आज श्रीकृष्ण जन्माष्टमी रहेको छ । साथै आज गौरा पर्व रहेको छ ।अब लागौं आजको राशिफल ।

मेष
बोल्ड ब्यक्तित्व हुने छ । आत्माबल बलियो हुने भएकाले सबै खाले परिस्थितिसँग जुध्न साहस मिल्ने छ । पेशा तथा ब्यापार ब्यवसायमा आशातित सफलता र नतिजा प्राप्त नहुने भएकाले निराश नभई अघि बढ्नु पर्ने देखिन्छ । मनमा भने उदासिनता र चिन्ताले सताउने छ ।

वृष
धन सम्पत्तिमा नोकसानी हुने अवस्था देखिएकाले संयमित रहनु होला । भाग्यको साथ नभएको जस्तो मनमा लागिरहने भएकाले मनमा उत्साहको कमि ल्याउने छ । रिसको मात्रा धेरै कडा हुने भएकाले यसलाई नियन्त्रण गर्न हरदम प्रयास गर्दा उपयुक्त हुने देखिन्छ ।

मिथुन
साझेदारीमा गरिएका कामहरुले सफलता मिल्ने छ । ब्यक्तित्व बोल्ड हुने छ । पेशागत जीवन भने सकारात्मक रहने छ । मनमा उत्साहको कमि देखिने छ । कर्मको जीवनमा उत्साह एवं उमङ्गको कमि देखिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सकारात्मक नतिजा दिने छ ।

कर्कट
साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । पेशागत जीवनमा भने सकारात्मक तथा स्थिर हुने छ । दाम्पत्य जीवनमा असमझदारी देखा पर्ने भएकाले मनमा उत्साहको कमि आउने छ । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि ल्याई दिने छ ।

सिंह
चतुर व्यक्तित्व हुने छ । भाग्यको बलियो छ । कठिनाईहरुबाट पार पाउन यस बेला मद्धत पुग्ने छ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा दुविधाको मात्रा देखिा पर्न जाँदा पेशागत क्षेत्रमा निर्णय लिन कठिन हुने छ ।

कन्या
बोलीको प्रभावमा पनि कमि आउने भएकाले संयमित रहेर बोल्ने गर्नु उपयुक्त हुने छ । भाग्यको साथ रहेको छैन् । पेशागत तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । ब्यक्तित्वमा गिरावट आउँदा अरुले हेप्ने छन् ।

तुला
दृढ खालको मनोबल हुने छ । आम्दानीमा बृद्धि हुने छ । नेतृत्व क्षमतामा तिब्रता आउने छ । पेशागत जीवन भने सोचे जस्तो प्रगति नहुँदा मनमा असन्तोष आउने छ, त्यसैले संहालिँदै अघि बढ्नु होला । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ ।

वृश्चिक
पेशागत जीवनमा भने कदर प्राप्त हुने छ । अरुले राम्रो मूल्यांकन गर्ने छन् । प्रतिष्पर्धात्मक क्षेत्रमा सवलता आउने छ । धन सम्पत्तिको उपयोगबाट सन्तोष मिल्ने छ । ब्यक्तित्वमा आउने गिरावटले फित्तलो व्यक्तित्व बनाउने हुँदा यसबारेमा ध्यान दिनु होला । शरीरिक कमजोरी देखा पर्ने छ ।

धनु
आर्थिक कारोवारका विषयमा होशियारी साथ गर्नु होला । आर्थिक जीवनमा चुनौति देखिएको छ । मनोबलमा बृद्धि हुने छ भने दृढ खालको व्यक्तित्व बन्ने छ । तर अरुले अलि कडा खालको मानिस भनि चित्रण गर्ने भएकाले यसबारेमा भने सतर्क रहनु होला । साझेदारीका क्षेत्रमा सकारात्मक नतिजा आउने छन् ।

मकर
मनमा दृढताको मात्रा बढ्न जाने छ भने कार्य सम्पादनमा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा मिठासपना देखिने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिष्पर्धीहरु माझ जुध्न तागत मिल्ने छ । अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवनमा गरेका कामको उचित मूल्यांकन नहुँदा मनमा खल्लोपना आउने छ ।

कुम्भ
लिइएका लक्ष्यहरु पुरा हुने छन् । मेहनति र पराक्रमीपनामा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुने छ भने त्यसले उत्साह बढाउने छ । परिवारको साथ मिल्ने छ । पेशागत जीव औसत खालको हुने छ यात्रामा निस्कनु पर्ने छ । कतिपय सन्दर्भमा विवादमा सँलग्न हुनु पर्ने अवस्था आउने देखिन्छ ।

मीन
परिवारका सदस्यहरुले भरोसा गर्ने छन् । आर्थिक पक्ष सन्तोषजनक रहने छ । पेशागत क्षेत्र औसत अवस्थाबाट गुज्रने छ । व्यावसायीक जीवनमा भने कठिनाईहरुको सामना गर्नु पर्ने छ । खासगरी श्रम समस्या देखा पर्ने छ । सवारीसाधन चलाउँदा ख्याल गर्नु होला ।

प्रतिक्रिया