विश्वभर पाँच अर्बले लगाए कोरोना खोप, तेस्रो डोज कति आवश्यक ?

काठमाडौँ । विश्वभर करिब पाँच अर्ब मानिसले कोरोनाविरुद्धको खोप पाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को तथ्याकंअनुसार ५ अर्ब मानिसले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।
डब्ल्यूएचओको नेपालस्थित खोप कार्यक्रमका डा. विनोद बुराले विश्वका न्यून आय भएका देशका १.६ प्रतिशतमात्रै खोप पाएका जानकारी दिए ।
तेस्रो डोज कति आवश्यक
डब्ल्यूएचओका डा. बुराले खोपमा समानता नभइरहेको अवस्थामा सबैलाई खोपको पहुँचमा पुर्याउनु अहिलेको आवश्यकता रहेकाले बुस्टर डोजका लागि सुझाव नदिएको जानकारी दिए । उनका अनुसार पूर्ण खोप पाएकाले बुस्टर डोज लिनु पर्दैन् ।
अहिलेसम्म पनि पूर्ण खोप लिएकाहरूले बुस्टर डोज दिनु पर्ने वैज्ञानिक प्रमाण नभेटिएको उनको भनाई छ । उनले भने, ‘अहिले विभिन्न कोरोनाविरुद्धका खोपहरू आएका छन्, जसमा कतिपयले ९५ प्रतिशतसम्म भन्दा कम काम गरेका छन् त्यसको पनि अध्ययन भइरहेको छ ।’
उनले २०२१ को अन्त्यसम्म न्यून आय भएका देशमा १० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना रहेको जानकारी दिए । उनले कोभिड आफै अझै पनि अध्ययनको विषय रहेकाले खोपको सम्बन्धमा थप अध्ययन भइरहेको बताए ।
नेपालमा हालसम्म ५३ लाख १७ हजार ४८३ जनाले पहिलो खोप पाइसकेका छन् । यस्तै, ४३ लाख ९६ हजार ४०२ जनाले दुवै डोज खोप पाएका छन् ।
हाल विश्वभर २१ करोड ८० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् ।









देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया