विश्वभर पाँच अर्बले लगाए कोरोना खोप, तेस्रो डोज कति आवश्यक ?

काठमाडौँ । विश्वभर करिब पाँच अर्ब मानिसले कोरोनाविरुद्धको खोप पाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को तथ्याकंअनुसार ५ अर्ब मानिसले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।
डब्ल्यूएचओको नेपालस्थित खोप कार्यक्रमका डा. विनोद बुराले विश्वका न्यून आय भएका देशका १.६ प्रतिशतमात्रै खोप पाएका जानकारी दिए ।
तेस्रो डोज कति आवश्यक
डब्ल्यूएचओका डा. बुराले खोपमा समानता नभइरहेको अवस्थामा सबैलाई खोपको पहुँचमा पुर्याउनु अहिलेको आवश्यकता रहेकाले बुस्टर डोजका लागि सुझाव नदिएको जानकारी दिए । उनका अनुसार पूर्ण खोप पाएकाले बुस्टर डोज लिनु पर्दैन् ।
अहिलेसम्म पनि पूर्ण खोप लिएकाहरूले बुस्टर डोज दिनु पर्ने वैज्ञानिक प्रमाण नभेटिएको उनको भनाई छ । उनले भने, ‘अहिले विभिन्न कोरोनाविरुद्धका खोपहरू आएका छन्, जसमा कतिपयले ९५ प्रतिशतसम्म भन्दा कम काम गरेका छन् त्यसको पनि अध्ययन भइरहेको छ ।’
उनले २०२१ को अन्त्यसम्म न्यून आय भएका देशमा १० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना रहेको जानकारी दिए । उनले कोभिड आफै अझै पनि अध्ययनको विषय रहेकाले खोपको सम्बन्धमा थप अध्ययन भइरहेको बताए ।
नेपालमा हालसम्म ५३ लाख १७ हजार ४८३ जनाले पहिलो खोप पाइसकेका छन् । यस्तै, ४३ लाख ९६ हजार ४०२ जनाले दुवै डोज खोप पाएका छन् ।
हाल विश्वभर २१ करोड ८० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया