एमालेले भन्यो- जयसिंह धामीलाई न्याय दिनमा सरकारले लाचारी देखायो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउनमा सरकारले लाचारी देखाएको बताएको छ ।
बिहीबार एमालेले विज्ञप्ती जारी गर्दै महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएको एक महिना बित्दा पनि धामीलाई न्याय दिलाउन नसकेको भन्दै आपत्ति जनाएको हो । पार्टी प्रवक्ता प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा उक्त गठनको छानबिन गर्न गठित समितिले ढिलो गरी प्रतिवेदन बुझाए पनि अस्पष्ट रहेको भन्दै एमालेले सरकारले यो घटनालाई थामुथुम गर्न लागेको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको छ ।’ एमालेले सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेको छ ।


















लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
बुर्तिबाङ–ढोरपाटन सडक निर्माणकार्ये धमाधम
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
प्रतिक्रिया