एमालेले भन्यो- जयसिंह धामीलाई न्याय दिनमा सरकारले लाचारी देखायो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउनमा सरकारले लाचारी देखाएको बताएको छ ।
बिहीबार एमालेले विज्ञप्ती जारी गर्दै महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएको एक महिना बित्दा पनि धामीलाई न्याय दिलाउन नसकेको भन्दै आपत्ति जनाएको हो । पार्टी प्रवक्ता प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा उक्त गठनको छानबिन गर्न गठित समितिले ढिलो गरी प्रतिवेदन बुझाए पनि अस्पष्ट रहेको भन्दै एमालेले सरकारले यो घटनालाई थामुथुम गर्न लागेको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको छ ।’ एमालेले सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेको छ ।












क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया