सेजनको नयाँ नेतृत्वका लागि महाधिवेशन सुरु

काठमाडौँ । आर्थिक पत्रकारहरूको छाता संगठन आर्थिक पत्रकार समाज (सेजन)को नयाँ नेतृत्वका लागि महाधिवेशन सुरु भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा महाधिवेशन सुरु भएको हो ।
२२ औँ वार्षिक साधारणसभा एवं कार्य समिति चयनका लागि हुने अधिवेशनमा आज नेतृत्व चयन हुने भएको छ । १० जना निर्वाचित र एक जना मनोनित गरी ११ जनाको कार्य समितिका लागि २८७ जनाले मतदान गर्ने भएका छन् ।
सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुंगानाले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्ने भएका छन् भने भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन् ।
सचिवमा एलिजा उप्रेती, हिमा विक र हिमाल पौडेलले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुंगानाको उम्मेदवारी परेको छ । कार्य समिति सदस्यहरूमा चेतबहादुर अधिकारी, अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शंकरप्रसाद पण्डित र सोभित थपलियाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया