देशभर थप १ हजार ७५६ जनामा कोरोना, २३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ १८ गते १६:३८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र चार हजार ५६१ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमणबाट शुक्रबार थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २७४ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ । यो सहित अहिलेसम्म ७ लाख २३ हजार ४५६ जना कोरोनामुक्त भएका छन् भनृ १० हजार ८०९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ६६७ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित










एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया