मंगलबार, फागुन ५, २०८२

सत्ता गठबन्धनका तीन शीर्ष नेता बालुवाटारमा

मेरोन्यूज २०७८ भदौ १८ गते १९:३७

काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence


लामो समयसम्म पनि गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकिरहेको अवस्थामा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सरकारलाई पूर्णता दिनेबारेमा छलफल भएको हो ।

यसअघि विभाजित पार्टीको आधिकारिकता नपाएको भन्दै माधव नेपाल पक्ष सरकारमा सहभागिता हुन अस्वीकार गरेको थियो । नयाँ दलको मान्यता पाएपछि उनीहरु पनि सरकारमा सहभागी हुने भएका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको लामो समय हुँदा पनि सरकार गठनले पूर्णता पाउन सकेको छैन ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ओली सरकारलाई विस्थापित गरेको थियो ।

प्रतिक्रिया