भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल सरकारले छिमेकी मित्र राष्ट्रहरूका राष्ट्र प्रमुखविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने जनाएको छ । गत शुक्रबार सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)का भातृ संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरी नारा लगाएसँगै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
उक्त घटना भएसँगै सरकारले आगामी दिनमा यस प्रकारको कुनै गतिविधि नगर्नसमेत ध्यानकार्षण गराएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको पत्र भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको छ ।’
यस्तै, विज्ञप्तिमा सरकारले सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको जनाएको छ । मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूनीतिक माध्यमबाट समाधान गरिदै आएकाले आगामी दिनमा समेत सोही माध्यमबाट समाधान गर्ने गृहले जनाएको छ ।
गत शुक्रबार दार्चुलामा भएको घटनाको विरोधमा माधव कुमार नेपाल नेतृत्वको पार्टीका विद्यार्थी संगठनले मोदीको पुत्ला दहन गरेका थिए । उनीहरूले दार्चुलाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा नदीमा खसेर बेपत्ता भएको भन्दै भारतविरुद्ध आन्दोलन गरेका थिए ।










प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया