आइतबार, पुष ६, २०८२

आजको राशिफल : भाद्र २१ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ भदौ २१ गते ६:२२

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको २१ गते सोमबार, भाद्र कृष्णपक्षको चतुर्दशी तिथि, उप्रान्त औंशी तिथि रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

मेष
बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । पेशागत जीवन भने औसत अवस्थाबाट गुज्रने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनका कुरा अरुलाई भन्न मन नलाग्ने स्वाभाव हुने छ । पारीवारिक जीवनमा किचलो र समस्याहरु देखा पर्ने छन् ।

वृष
रिस धेरै उठ्ने छ, संयमित रहनु होला । पेशागत जीवनमा पनि चुनौतिपूर्ण अवस्था आउने छ । मनमा दुविधाले सताउँदा व्यक्तित्व पनि दोहोरो खालको हुने छ जसले गर्दा अरुले शंकाको दृष्टिकोणबाट हेर्ने छन् ।

मिथुन
मनमा आउने दुविधात्मक अवस्थाले भने व्यक्तित्वमा कमि गराउने छ । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा अरुसँग जुध्नु पर्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले अरुले पेल्ने छैनन् ।

कर्कट
आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुन मन लाग्ने छ । पेशागत जीवनमा पनि संघर्षमय क्षण आउने छ । मनोबल भने कमजोर हुन जाने भएकाले अरुले कमजोर आँक्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साहको कमि आउने छ ।

सिंह
पेशागत क्षेत्रमा मनमा दुविधाका मात्रा बढ्न पुग्ने हुँदा समर्पण भावको कमि हुने छ । पेशागत जीवनमा चर्काचर्कीको वातावरण हुने छ । साझेदारीमा गरिएका क्षेत्रहरुमा द्वन्द देखा पर्ने छ । समय संयम रहनु पर्ने रहेको छ ।

कन्या
मनमा दृढताको मात्रा बढ्ने हुँदा कठिनाईमा पनि टिकी रहन उर्जा मिल्ने छ । बौद्धिक प्रकृतिको पेशामा आवद्धहरुलाई शुभ रहने छ । अरुको हकमा औसत अवस्था रहने छ । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश पनि हुनु पर्ने छैन् ।

तुला
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवन सकारात्मक बन्ने छ । पारीवारिक जीवनमा भने द्वन्दको अवस्था आउने छ । मनोबलमा कमि आउने हुँदा दृढताको अभाव हुने छ । मनमा देखा पर्ने अन्योलताले दुविधात्मक व्यक्तित्व बन्न जाने छ ।

वृश्चिक
भाग्यले साथ नदिएकाले धेरै जोखिमपूर्ण कदम भन्दा औसत जीवनलाई चालु राख्नु नै उचित हुने देखिन्छ । पेशागत क्षेत्र पनि औसत खालको हुँदा न त उन्नति न त बिग्रने अवस्थामा रहने छ । मनमा आउने नैराश्यताका कारण जोश तथा जाँगरको अभाव हुनेछ ।

धनु
मनमा आउने दोहोरो विचारले निर्णय लिन कठिन बनाउने छ । बौद्धिक र जनसम्पर्कमा रही गर्नु पर्ने पेशामा आवद्धहरुको पेशागत जीवनमा सकारात्मक रहने छ । साँचेर राखेको धन सम्पत्ति नोक्सान हुने वा त्यसलाई लिएर बिबाद चर्किने भएकाले पहिले नै सतर्क रहनु बुद्धिमानी हुने छ ।

मकर
दृढ खालको व्यक्तित्व हुने भएकाले कसैसँग डर र त्रास लाग्ने छैन् । रिस पनि उच्च हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवन पनि औसत खालकै हुने छ । साझेदारीमा गरिएका काममा अड्चन र बिबाद आउने छ । प्रतिष्पर्धात्मक क्षमता कायम रहने छ ।

कुम्भ
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । बौद्धिक र ज्ञानमार्गमा लागेकाहरुको जीवनमा उन्नति हुने छ । विदेश यात्रा अनुकुल रहने छ । पेशागत क्षेत्रमा प्रतिष्पर्धीहरुबाट हुने तानातानको घानबाट गुज्रनु पर्ने छ । धेरै जोखिमपूर्ण निर्णयहरु गर्दा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु होला ।

मीन
समय धेरै उत्साही भई हाल्ने खालको नरहेकाले धैर्य रहनु होला । आफ्नो लक्ष्य प्रति केन्द्रीत हुन भने मनमा दृढता आउने छ । साझेदारीमा गरिएका कामले सन्तोष दिने छ । पेशागत क्षेत्र चुनौतिपूर्ण देखिएको छ । त्यसैले पेशागत क्षेत्रमा संयम र लचक स्वाभाव बनाउनु उपयुक्त हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया