कांग्रेस वडाअधिवेशन भाेलिसम्ममा सम्पन्न हुने, ७० देखि ८० प्रतिशत सहमति

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तगर्तको वडा अधिवेशन जारी छ । क्रियाशिल सदस्यता नामावली पार्टीको वेव साइटमार्फत सार्वजनिक गरेका ५६ जिल्ला रहेका थियो ।
नामावली सार्वजनिक भएका जिल्लामध्ये आजसम्ममा ५० जिल्लाभन्दा बढी जिल्लामा वडा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिका सदस्य गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार भदौँ २३ गते अर्थात भोलीसम्ममा अधिवेशन समपन्न हुन्छ । अहिले ७५ देखि ८० प्रतिशत अधिवेशन सहमतिमा भएको उनले जानकारी दिए ।
उनले भने,“ २४ गते अर्थात बिहिबार बेलुकासम्ममा निर्वाचन भएका जिल्लाको नतिजा पनि आउँछ ।”
गत साउन ३० गते प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्य समिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि आगामी २७ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्नु पर्ने छ ।
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यसअघि ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरूमा अधिवेशन एकसाथ सुरु गर्ने सम्झदारी गरेका थिए । तर २१ जिल्लाको क्रियाशील विवाद हुन नसक्दा अहिलेसम्म अधिवेशन हुने नहुनेमा अन्योल छ ।

















वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
२० अंकले घट्यो सेयर बजार, काराेबार रकम ८ अर्ब ३६ करोड
Air pollution increasing in Kathmandu Valley
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया