संखुवासभा हत्या प्रकरण
घटनास्थलमै भेटियो १५ तोला सुन र ५ लाख नगद , अनुसन्धानमा नयाँ ‘ट्विस्ट’

काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको सामुहिक हत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटना घटेको घरवाट १५ तोला सुन र ५ लाख नगद फेला परेको छ । मादी नगरपालिकास्थित वडा नं १ उमलिङका वडा अध्यक्ष खेमनाथ कटुवालका अनुसार अनुसन्धानको क्रममा घर खानतलासी गर्ने क्रममा घरबाट १५ तोला सुन र ५ लाख फेला परेको हो ।
प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेको थियो तर नगद र सुन फेला पारेपछी अनुसन्धान झनै जटिल बन्दै गएको एक प्रहरी अधिकारीले मेरोन्यूजलाई बताए ।
‘धानमाल चोरीको लागी सामुहिक हत्या गरिएको हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई तिव्रता दिएका थियौ तर पैसा र सुन भेटिएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ ।’ ती प्रहरी अधिकारीले भने ।
अनुसन्धानमा के के भयो ?
सोमबार विहान अन्दाजी २ बजेतिर अज्ञात समुहले एकै परिवारका ६ जनाको हत्या गरेपछि ९ बजे ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सिल गरेर राखेको थियो । अनुसन्धानमा जटिलता देखिएपछि संघिय प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर सहित प्रहरी उपरिक्षक (एसपी) भिम दाहालको टोली घटनास्थलमा सोमबार राति नै पुगेको थियो ।
तर भारी वर्षका कारण राती मुचुल्का उठाउन सम्भव नभएपछि मंगलबार विहानबाट अनुसन्धान सुरु गरेको थियो । रातभरी आएको बर्षाका कारण ‘क्लु’ भेटाउन गाह्रो पर्ने अनुमान गरिएको थियो । तर जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले तालिमप्राप्त कुकुरको सहायताबाट ‘क्लू’ भेटिएको बताए ।
‘क्लु’का आधारमा अनुसन्धान सहज देखिएपछि प्रहरीले आर्थिक पाटोबाट थालेको अनुसन्धानले घटनालाई झनै जटिलता तर्फ मोडिएको एक प्रहरी अधिकारीले मेरोन्यूजलाई जानकारी दिए । मारिएका ६ जना सदस्यहरुको टाउनकोमा चोट लागेको थियो । प्रहरीले शव परिक्षणका लागि ‘पोस्टमार्टम’का लागि धरान पठाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो पनि घटनास्थलतर्फ
त्यस्तै अनुसन्धनकै लागी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट समेत विषेश टोली घटनास्थल तर्फ गईसकेको छ । टोली राती सम्म पुग्ने अनुमान गरिएको छ । सीआइबीका प्रहरी नायवउपरीक्षक (डीएसपी) रुगम कुँवरको नेतृत्वमा एक जना प्रहरी निरीक्षक र एक सई को टोली घटनास्थल तर्फ जाँदै गरेको सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए ।
मादी नगरपालिका १ उमलिङको खोलागाउँस्थित बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । ९३ वर्षीय बौद्धमान भने सकुसल रहेका छन् ।
उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
संखुवासभा हत्या प्रकरण : सीआइबीको टोली खाँदबारी, भेटियो ‘क्लू’
संखुवासभा सामूहिक हत्या : पाँच जनाको भाग्दै गर्दा र एक जना सुतेकै अवस्थामा हत्या
एकै परिवारका ६ जनाको हत्या, हत्यामा धारिलो हतियारको प्रयोग
यो पनि

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>


















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सुजन बाग श्रेष्ठले चौथो पटक छेडाए जिब्रो
नयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यतासाथ अघि बढ्दै नबिल बैंक
रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया