एमाले संसदीय दलको बैठक : एमसीसी र सभामुखबारे सांसदहरुको सुझाव

काठमाडौँ । नेकपा एमालेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा मागे गरेका छन् । बानेश्वरमा जारी संघीय संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको स्पष्ट धारणा मागेका छन् ।
उनीहरुले जनताको भावना अनुसार एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका छन् । सांसद निरुदेवी पाल, विमला विक, जुली महतो, राजबहादुर बुढा, शिवमाया तुम्वाहाम्फे, भगवती न्यौपाने लगाएतले आफ्नो धारणा राख्दै एमसीसीबारे जनताको भावना अनुरुप निर्णय हुनुपर्ने बताएका छन् ।
यस्तै उनीहरुले सभामुख अग्नीप्रसाद सपकोटाको राजीनामा माग्नुपर्ने बताएको छन् । प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसदहरुले राजीनामा माग्नुपर्नेमा जोड दिए । उनीहरुले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्नु पर्ने पनि बताए । बैठकमा २५ जना सांसदहरूले आफ्नो सुझाव राखेका छन् ।

















राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया