एमालेको नाराबाजी र होहल्लाले संसद बैठक अवरुद्ध

काठमाडौं । नेकपा एमालेका सांसदहरुले ब्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् ।
एमालेबाट कारबाही गरिएका सांसदहरु पनि बैठकमा उपस्थित भएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक शुरु गर्दै गर्दा एमाले सांसदहरुले होहल्ला गरी अवरोध गर्न खोजेका थिए ।
सभामुख सापकोटाले एमाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएका थिए । भट्टराईले आफ्ना पार्टीबाट कारबाही गरिएका सांसदलाई बैठकमा उपस्थित गराएको भन्दै वैठक चल्न नदिने बताए । सभामुखले एमाले टुक्राउन खोजेको भन्दै सांसदहरुले उठेर अवरुद्ध गरेका थिए ।
भट्टराईले सम्बोधन गरेपछि सभामुख सापकोटाले बैठक अगाडि बढाउन खोजेपछि एमाले सांसदहरुले चर्को नाराबाजी र होहल्ला गरेका छन् ।
सांसदहरुले लागातार नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।









एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया