आजको राशिफल : भाद्र २९ गते मंगलबार

आज २०७८ साल भाद्र महिनाको २९ गते मंगलबार, भाद्र शुक्लपक्षको अष्टमी तिथि । आज वालदिवस रहेको छ ।
मेष
पारीवारिक जीवनमा मधुरताको बृद्धि हुने छ । पेशागत जीवनमा उतार चढाव आउने छ । आम्दानीमा गिरावट आउने छ । बोलीमा भने प्रभावकारीता थपिने छ ।
वृष
। पेशागत जीवनमा प्रगति हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छसाझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्ने छन् । आत्माबल उच्च हुने छ ।
मिथुन
भाग्य बलियो रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ ।
कर्कट
मनमा निराशा भावले पिरोल्ने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । सन्तान सुख प्राप्त हुने छैन् । जसले गर्दा मनमा उदासिनता बढाउने छ ।
सिंह
आम्दानी गर्नु पर्दछ भन्ने सोचमा आउने तिब्रताले आयका क्षेत्रमा सक्रियता बढाउने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुन पुग्ने छ । दाम्पत्य जीवनमा समझदारी कायम हुने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ ।
कन्या
आम्दानीमा कमि आउने छ । मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । पेशागत जीवनमा शत्रुतापूर्ण वातावरण उत्पन्न हुने छ ।
तुला
राखिएका लक्ष्य वा सपना पुरा हुन कठिनाई हुने भए तापनि निरन्तर प्रयासरत रहनु होला । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । अध्ययन अध्यापनमा मन जाने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ ।
वृश्चिक
परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसले उर्जामा ह्रास ल्याउने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जाने देखिन्छ ।
धनु
शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित रहनु होला । पेशागत जीवनमा बादबिबादमा फस्ने स्थिति आउने छ । मेहनत र पराक्रमी शैलीमा कमि आउने छ । भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम मात्र प्राप्त हुने छ ।
मकर
पारीवारिक मिलन हुने छ । व्यक्तित्वमा दृढता आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा भने द्वन्दात्मक अवस्था आउने छ । आम्दानीमा कमि आउने हुँदा आर्थिक ब्यवस्थापनमा असन्तुलन ल्याउने छ ।
कुम्भ
पेशागत जीवनमा प्रगति हुने छ । आम्दानीमा पनि हुने छ । ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । परिवारका सदस्यहरुले तपाईमाथि भरोसा गर्ने छन् ।
मीन
बोलीको प्रभाव बढ्ने छ । आम्दानीमा पनि बृद्धि देखा पर्दा आर्थिक उन्नति हुने छ । पेशागत जीवनमा लाभ र करद मिल्ने छ । अरुको विश्वास जित्न सक्ने भएकाले कार्य सफलता मिल्ने छ । साझेदारीमा भने समस्या देखिने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया