विद्यार्थी
मेरोन्यूज
२०७८ असोज २ गते ८:३३

म हुँ एक विद्यार्थी, पढ्ने मेरो काम
पढी लेखी ठूलो बनी, राख्छु देशको नाम
दिनभरि पढ्छु जुममा, खेल्छु साँझमा
गर्छु कुरा मिठामिठा, आमाबाको माझमा
कुनै कुरामा मैले, मान्ने छैन हार
मै त हो नि, यो देशको कर्णधार
राम्रो राम्रो काम गर्न, सधै अघि सर्छु
अशक्त र असहायलाई, सहयोग पनि गर्छु
सबैजना स्कुल जाँदा, कति खुसी हुन्छन्
गुरुजनको कुरालाई, ध्यान दिएर सुन्छन्
मलाई त स्कुलमै जान, साह्रै मन छ
तर यो कोरोनाले, घरै बस् भन्छ
कहिले होला अब फेरि, स्कुलमा जाने
साथी भाइ सबैसँग, पढ्ने रमाउने ।।
नाम : वुभुत्सु सुवेदी
कक्षा : ७
स्कुल : मिल्सबेरी
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया