बुद्धभूमि नेपालले ८ लाख कित्ता आइपीओ जारी गर्ने

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आइपिओ जारी गर्ने भएको छ । हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओ जारी गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय नुवाकोटबासीलाई लक्षित गरी चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणमा सर्वसाधारणमा कूल ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले ८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
इच्छुक आवेदकले सेयर खुल्ला भएको मितिले चार दिनसम्म र ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् ।

















कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया