आइतबार, पुष ६, २०८२

कोरोना संक्रमितभन्दा निको हुने अधिक, १२ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज ३ गते १६:३४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक हजार ४१३ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपाल कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

यस्तै, हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमा २२ हजार ८६४ जना होम आइसोलेसनमा छन भने एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया