आइतबार, पुष ६, २०८२

भोलिदेखि देशभर भेरोसेल खोप दिइँदै, क–कसले पाउने ?

मेरोन्यूज २०७८ असोज ३ गते १७:५४

काठमाडौँ । सरकारले असोज ४ (भोलि)देखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह विभाजन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने भएको हो । काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ ।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ । यीबाहेक अरू ५८ जिल्लाहरू मनाङ, मुस्ताङ र रुकुम (पूर्व)बाहेकका जिल्लाहरूमा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिहरूलाई समेत खोप दिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया