नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ महानिर्देशकका लागि प्रतिष्पर्धा देखिएको छ ।
हालका महानिर्देशक राजन पोखरेलले अनिवार्य अवकाश पाउने भएपछि चार जना महानिर्देशकको प्रतिस्पर्धामा देखिएका छन् । जसमा ३ जना १२औँ तहका छन् भने एक जना ११औँ तहका हुन् । १२ औँ तहमा ६ जना रहेकोमा देवानन्द उपाध्याय र नरेन्द्र बहादुर थापाले भर्खरै अवकाश लिइसकेका छन् ।
अब राजकुमार क्षेत्री, भोला गुरागाईं र प्रतापबाबु तिवारी नयाँ महानिर्देशक बन्ने दौडमा परेका छन् ।
राजकुमार क्षेत्री कर्पोरेट निर्देशनालयको जिम्मेवारीमा छन् भने भोला गुरागाईं हवाइ सुरक्षा निर्देशनालयमा छन् । प्रतापबाबु तिवारी त्रिभुवन विमानस्थलका महाप्रबन्धक छन् ।
प्राधिकरणको आठौँ तहबाट सिधै ११औँ तहमा प्रतिस्पर्धाबाट पुगेका इन्जिनियर प्रदीप अधिकारीले समेत महानिर्देशकको दाबी गरेका छन् ।
महानिर्देशकको नियुक्ति मन्त्रिपरिषदले गर्छ । हाल उड्डयन मन्त्रालय प्रधानमन्त्रीले नै हेर्दै आएकाले केही आकांक्षी प्रधानमन्त्री निकट व्यक्तिहरुसँग महानिर्देशकको लागि मोलमोलाई गरिरहेका विभिन्न सामाजिक सञ्जालमा आइरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा एउटा युरोपियन युनियनको कालोसूचीबाट नेपाललाई हटाउने नेतृत्व गर्ने आवश्यकता छ । अर्कोे प्राधिकरणका कर्मचारी केही समययता विरोधमा रहेकाले उनीहरुलाई विश्वासमा लिनुपर्ने रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।










प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया