इपीएलको उद्घाटन खेल सुरु, आजको खेलमा सहिद अफ्रिदी खेल्दै
मेरोन्यूज
२०७८ असोज ९ गते १२:३७

काठमाडौँ । सबैभन्दा ठूलो पुरस्कार राशी भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगितामा बजाज पल्सर ६ वटा टोली सम्मिलित रहेका छन् ।
लिगको चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको हो ।
सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउने छ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने आयोजकले जानकारी दिएको छ ।
नेपालको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदीसमेत काठमाडौं आइपुगेका छन् । उनी सन्दीप लामिछाने कप्तान भएका काठमाडौँ किंग्स इलाभेनमा आबद्ध छन् ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया