कोरोना बीमा भुक्तानीबारे अर्थमन्त्रीको चासो
मेरोन्यूज
२०७८ असोज १३ गते १८:५२

काठमाडौं । अर्थमन्त्री जनादर्शन शर्माले कोरोना बीमाको भुक्तानीबारेमा चासो देखाएका छन् ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीबारे चासो देखाएका हुन् ।
बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुसँग भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमा भुक्तानीकाबारे थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने आग्रह गरे ।
कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा पनि समिति पदाधिकारीहरुसँग अर्थमन्त्री शर्माले छलफल गरेका छन् ।
विभिन्न बीमा कम्पनीहरुले बिमितलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया