जुम्लामा बोहोरा र बुढा विजयी
मेरोन्यूज
२०७८ असोज १७ गते ८:५७

कर्णाली । नेपाली कांग्रेस जुम्ला प्रदेश ‘क’ र ‘ख’ को क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधिको निर्वाचनसम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेश अन्तर्गत शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो ।
निर्वाचनमा प्रदेश ‘क’का सभापति लक्षिमन बोहोराले कूल खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नारायण ९विष्णु० शाहीले २३१ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै प्रदेश ‘ख’को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन् । उनले कूल खसेको ४९० मतमा २४२ मत प्राप्त गरेको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए । उपसभापतिद्वय दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको उनले बताए ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया