जुम्लामा बोहोरा र बुढा विजयी
मेरोन्यूज
२०७८ असोज १७ गते ८:५७

कर्णाली । नेपाली कांग्रेस जुम्ला प्रदेश ‘क’ र ‘ख’ को क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधिको निर्वाचनसम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेश अन्तर्गत शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो ।
निर्वाचनमा प्रदेश ‘क’का सभापति लक्षिमन बोहोराले कूल खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नारायण ९विष्णु० शाहीले २३१ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै प्रदेश ‘ख’को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन् । उनले कूल खसेको ४९० मतमा २४२ मत प्राप्त गरेको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए । उपसभापतिद्वय दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको उनले बताए ।
सम्बन्धित












दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया