कांग्रेस अधिवेशनः काठमाडौंको सात नगरपालिकामा कसले मारे बाजी ?

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको संघारमा छ । देशभरका वडा अधिवेशन सकिएका जिल्लाहरूमा धमाधम पालिका अधिवेशन भइरहेको छ ।
यसै क्रममा काठमाडौँ महानगरपालिकासहित ७ वटा नगरपालिकामा शनिबार नै अधिवेशन सम्पन्न भइसकेको छ । यी ७ नगरपालिकामध्ये ४ वटामा नेता प्रकाशमान सिंह समूहको नेतृत्व निवार्चित भएका छन् । अधिवेशन हुन बाँकी ३ मध्ये चन्द्रागिरी र र्कीतिपुरमा भोलिसम्ममा टुंगो लाग्ने कांग्रेसका एक नेताले जानकारी दिए । ती नेताका अनुसार यी दुवै नगरपालिकामा सिंह समूह नै बलियो देखिएको छ भने दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नहुँदा नगर अधिवेशनमा अन्योल देखिएको छ ।
महानगरमा कुन समूह अगाडि ?
काठमाडौँ महानगर सबैभन्दा बढी क्रियाशील सदस्य रहेको महानगरमा हो । अहिले उक्त महानगपालिकाको अधिवेशन अन्तर्गतको मतदान सकिएको छ भने मत गणना जारी छ ।
साँझ ६ बजेसम्म भएको ३ सय मत गणना हुँदा २१४ नीलकाजी शाक्यको पक्षमा रहेका छ भने उनेका विपक्षी प्रगतिमान रञ्जितको पक्षमा ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौँ महानगरमा संस्थापनतर्फ पूर्व उपसभापति प्रकाशमान सिंह र गगन थापाको गठबन्धनबाट संस्थापनइतर समूहबाट निलकाजी शाक्य उम्मेदवार बनेका छन् । संस्थापन समूह प्रगतिमान रञ्जित उम्मेदवार छन् । उनलाई देउवा समूहले कांग्रेसको तेस्रो धार कृष्ण प्रसाद सिटौला निकट भीमसेनदास प्रधानको साथका लागि गठबन्धन गरेको थियो ।
गोकर्णेश्वरमा नगरपालिका
गोकर्णेश्वर नगरपालिकामा संस्थापनइतर समूहका कुमार लामा विजयी भएका छन् । उनी पूर्व उसभापति प्रकाशमान सिंह निकट हुन् ।
उनी १०९ मत ल्याएर विजयी भएका हुन् भने संस्थापन पक्षबाट मैदानमा उत्रिएका रामजी श्रेष्ठले ९३ मत ल्याएका थिए । उनी भिमसेनदास प्रधान निकट हुन् ।
कागेश्वरी–मनहरा नगरपालिका
कागेश्वरी–मनहरा नगरपालिकामा संस्थापन पक्षका उम्मेदवार उद्धव दाहाल निर्वाचित भएका छन् । संस्थापनइतर समूहबाट मैदानमा उत्रिएका मिठ्ठाराम दाहालले १३८ मत ल्याए । उनी सिंह निकट हुन् भने संस्थापन पक्षका विजय दाहालले १५१ मत ल्याए । उनलाई काठमाडौँ कांग्रेसका पूर्व सभापति रहेका प्रधान समूहले पनि सघाएको थियो ।
बुढानीलकण्ठ नगरपालिका
बुढानीलकण्ठ नगरपालिकामा संस्थापनइतर समूहबाट मैदानमा होमिएका राजाराम बुढाथोकी १५५ मत ल्याउँदै निर्वाचित बनेका छन् । उनी नेता गगन थापा निकट हुन् । उनी थापा र सिंहको गठबन्धबाट निवार्चित भएका हुन् । संस्थापन पक्षबाट मैदानमा आएका राजुविक्रम थापाले ४८ मत पाएर पराजित भए ।
टोखामा नगरपालिका
टोखा नगरपालिकामा संस्थापन समूह अर्थात प्रधान समूहबाट मैदान उत्रिएका ओमकृष्ण विमलीले ११७ मत ल्याएर नगर सभापति बनेका छन् । संस्थापनइतर समूहबाट दीपक जोशी मैदानमा उत्रिएका थिए । उनले १०६ मत मात्र प्राप्त गरे । उनी कांग्रेस पूर्व उपसभापति सिंह निकट मानिन्छन् ।
शंखरापुर नगरपालिका
शंखरापुर नगरपालिकाको नेतृत्वमा भने सिंह समूहबाट उम्मेदवार बनेका दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले संस्थापन र प्रधान समूहबाट संयुक्त उम्मेदवार बनेका सत्यमान लामालाई पराजित गरेका हुन् ।
तारकेश्वर नगरपालिका
तारकेश्वर नगर सभापतिमा नेता प्रधान निकट कृष्णहरि महर्जन विजयी भएका छन् । उनी १३५ मत ल्याएर विजयी बनेका हुन् । सिंह समूहबाट मैदानमा उत्रिएका श्रीराम थापाले ११४ मत ल्याई पराजित भए । सोही नगरपालिकामा सभापतिका अर्का उम्मेदवार मुकुन्द तिमिल्सिनाले भने दुई मत मात्रै ल्याए ।
नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् । उनी पूर्व महामन्त्री सिंह निकट हुन् । उनीसँगै सिंह समूहमा नै रहेका अच्युत पाण्डे मैदानमा उत्रिएका थिए । उनी पराजित बने ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।















डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया