बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डवीच भेटवार्ता
प्रचण्ड माधव नेपाललाई कोटेश्वरमा भेट गरी सिधै बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि पुगेका हुन्

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल(प्रचण्ड) बीच वालुवाटारमा भेटवार्ता भएको छ । सरकार विस्तारमा सत्ता गठवन्धन दलहरुले नै अलमल गरिरहेका बेला प्रधानमन्त्री देउवाले गठबन्धन दलभित्रकै घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सग भेटवार्ता गरेका हुन् ।
सोमबार साँझपनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डववीच ढेड घण्टा लामो छलफल भएको थियो । आज भने प्रधानमन्त्री देउवासँगको भेट अगाडी प्रचण्डले गठबन्धन दलकै अर्काे घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई नेपालको कोटेश्वरस्थित निवासमै पुगेर भेट गरेका थिए ।
५ दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भइ उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सोमबार अस्पतालवाट डिश्चार्ज भएपछि प्रचण्ड–नेपालवीच भेटवार्ता भएको थियो । यो भेट सकेर प्रचण्ड सिधै बालुवाटार प्रधानमन्त्री देउवासागको छलफलका लागि पुगेका हुन् ।
प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिहरुको नाम पटक -पटक दिन आग्रह गरेपनि सत्ता गठवबन्धन दलभित्र मन्त्रालय भागवन्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा दिढलाई हुँदै आएको थियो । यद्यपी, आइतबार गठवन्धन दलभित्रका कार्यदल तहमा मन्त्रालय भागवन्डा लगायत अन्य राजनीतिक नियुक्तिहरुका विषयमा केन्द्रीत रहेर छलफल भएको थियो।
बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डवीचको भेटवार्ता अहिले पनि जारी छ । प्रधानमन्त्री सहित गठबन्धन दलका नेताहरुका वीचमा हुने अनौपचारिक सम्वादले सार्थकता पाए सम्भव भएसम्म आजै साँझ नभएपनि भोलि सम्म मनित्रपरिषद् विस्तार गर्ने योजनामा सत्ता गठवन्धन दलका नेताहरु जुटेका हुन् । दशैंमा नव निर्वाचित मन्त्रीहरुलाई स्वागत गर्ने गरी सरकारले पर्सि विहिवार घटस्थापना अगाडी नै मनित्रपरिषद् विस्तारको काम लाई पूर्णता दिने गरी अगाडी वढेका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया