‘पार्टीका साथीहरुसँग भेटघाट गरेर दशै मनाउँछु’

यो वर्षको दशै गृह जिल्ला महोत्तरीमा परिवारसँग बसेर मनाउँछु । गाउँमा हुने कार्यक्रमहरुमा सहभागी हुन्छु । पार्टीका साथीहरुसँग भेटघाट गर्छु । फोनमार्फत सातै प्रदेशका साथीहरुसँग सम्पर्कमा रहन्छु । आफ्ना जिल्लाका नेपाली कांग्रेसका साथीहरुसँग दशैको शुभकामना आदानप्रदान गर्छु ।
कांग्रेसको आसन्न महाधिवेशनमा महिले सभापतिमा उठ्ने घोषणा गरिसकेको छु । मेरो सभापतिको उम्मेदावारी घोषणालाई जिल्लाका साथीहरुले स्वागत गरेका छन् । त्यसकारण पनि जिल्लामा रहेपनि दशैंमा नागरिक समुदायहरुका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग घुलमिल गरेर दशैं मनाउँने योजना बनाएको छु ।
साथीहरुले हामी तपाईलाई मत दिन्छौं, अरुलाई पनि मत मगिदिन्छौं । तपाई सभापतिबाट ब्याक हुनु हुदैन भन्नु भएको छ । अहिले जति पनि महाधिवेशन प्रतिनिधि आएका छन् । उनीहरुले आफै फोन गरेर भोट दिने भन्नु भएको छ । त्यसमा आफुले सोचेको भन्दा बढी मत आउँनेमा म बढी नै उत्साहित छु ।
अघिल्लो दशैमा कोभिडको असाध्य ठुलो प्रभाव हुदाँ राम्रोसँग मनाउँन पाइएन । अहिले धेरै मानिसहरुले कोभिड खोप लगाएका छन् । अर्को कोभिड संक्रमण घटेको अवस्था त छैन् तर धेरै मानिसहरुमा चेतना अभिबृद्धि भएको छ । त्यस कारण विगतको दशै जसरी अहिले चाही डर त्यस्तो छैन् ।
पहिलाको तुलनामा अहिलेको दशै केही उमङगको साथमा मनाउँछौं । तर हामीले अझै पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न भने विर्सनु हुदैन् । दशैको समयमा खानपानमा ध्यान नदिँदा झाडापखालाको समस्या देखिन सक्छ । बासी खानेकुरा नखान आग्रह गर्छु ।
यो दशैले नेपाली कांग्रेसभित्र पनि पात्र र प्रवृतिमा परिवर्तन ल्याउँने ढोका खुल्ने छ । १४ आंै महाधिवेशनको नतिजाले पार्टीका पात्र र प्रवृति परिवर्तन हुने छ ।
(मेरोन्यूजकर्मी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)
















सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया