सुनको मूल्यमा सय रुपैयाँ वृद्धि
मेरोन्यूज
२०७८ कार्तिक ३ गते ११:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेर ९१ हजार ४ सय कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार हुने छ ।
महासंघका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको निधनमा मंगलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।
सम्बन्धित









नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया