सुनको मूल्यमा सय रुपैयाँ वृद्धि
मेरोन्यूज
२०७८ कार्तिक ३ गते ११:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेर ९१ हजार ४ सय कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार हुने छ ।
महासंघका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको निधनमा मंगलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।
सम्बन्धित

















भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया