दुई वाणिज्य बैंकसहित तीन संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
काठमाडौँ । बिहीबार कार्तिक ४ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ५ गते शुक्रबार र कार्तिक ७ गते आइतबार बुक क्लोज गरेका एक विकास बैंक र २ वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । शांग्रिला डेभलपमेन्ट बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकले कार्तिक १६ गतेका लागि साधारणसभा डाँकेको छ । साधारणसभा प्रयोजनार्थ बैंकले यही कार्तिक ५ गतेदेखि १६ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ । यसअनुसार ४ गतेसम्म कायम सेयर धनीहरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्ने छन् ।
गत आर्थिक वर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जरका लागि अख्तियारी दिने, बैंकको अधिकृत पुँजी वृद्धि गर्नेलगायतका एजेण्डाहरु साधारणसभामा प्रस्तुत हुने छन् । बैंकले हाल कायम अधिकृत पुँजी ३ अर्बलाई बढाएर ५ अर्ब पुर्याउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।
बैंकले गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भए पश्चात सेयर धनीहरुले प्राप्त गर्ने छन । हाल कायम चुक्ता पुँजीमा १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब १ करोड पुग्ने छ ।
सानिमा बैंकले कार्तिक १४ गते आइतबार आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

















भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया