प्रधानमन्त्री र स्पेनका प्रान्तीय सभामुखबीच भेट वार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडो नेतृत्वको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउन लागेकामा खुसी व्यक्त गर्दै त्यसमा नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन दिए ।
स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउने कार्य र यस्ता भेटघाटले नेपाल–स्पेन कूटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने प्रधानमन्त्री देउवाको भनाई थियो । साथै उनले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि जलवायु परिवर्तनले नेपाललाई बढी असर गरेको उल्लेख गर्दै जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा पनि सहकार्य गर्नु पर्नेमा जोड दिएको फाउण्डेसनका सचिव एकराज गिरीले जानकारी दिए ।
सो अवसरमा सभामुख ब्लान्का मार्टिन डेलगाडो व्यस्तताका बाबजुद पनि समय उपलब्ध गएकोमा प्रधानमन्त्री देउवाप्रति आभार व्यक्त गर्दै स्पेनमा फाउण्डेसनले बनाउने परियोजनाले बुद्धको जन्मभूमि नेपालका बारेमा थप प्रचारप्रसार हुने बताए ।
यसले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले बुद्धजन्म भूमिबाट बुद्धको शान्तिको सन्देश स्पेनले संसारभर फैलाउन पाउँदा खुसी भएको उल्लेख गरे । भेटमा स्पेनका स्थानीय सरकारका प्रमुख, फाउण्डेसनका अध्यक्ष जोसे मानुयल भिलानोभा, उपाध्यक्ष गोविन्द सुवेदी, सचिव गिरीलगायत सहभागी रहेका थिए ।
















इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया