मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को बैठक बसेर केही निर्णय गरेका छन् । आज साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रलाई थप सुधार गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश स्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक उपकरण, थप श्यया साथै भेन्टिलेटर र औषधिको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
बागमतीका १३ वटै जिल्लामा देखिएको कोभिड, स्क्रबटाइफस, मौसमी फ्लुजस्ता सरुवा रोगको नियन्त्रण, रोकथाम र व्यवस्थापन गरी नागरिकको जीवन सहज बनाउन स्वास्थ्य मन्त्रालय एवं सरोकारवाला निकायले प्रदेशस्तरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक उपकरण, श्यया संख्या तथा थप आइसियु, इसियु, पीआइसियु र भेन्टिलेटर जडान गर्न तथा औषधिजन्य स्वास्थ्य सामग्रीको आपूर्तिको व्यवस्था मिलाउन र उल्लेखित प्राणघातक सरुवा रोगको जोखिमबाट सुरक्षित रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले जनाए ।

















वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया