सर्वोच्चका न्यायाधिशहरु छलफल गरेर इजलासमा फर्किदै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरु छलफलमा जुटेका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आएका न्यायाधिशहरु आज पनि छलफलमा जुटेका हुन् ।
उनीहरुले प्रधानन्यायाधिशले सरकारमा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा माग गर्दै आएका छन् । तर आजको छलफल पछि न्यायाधिशहरु बन्दी प्रत्यक्षीकरणका मुद्दाको सनुुवाईका लागि इजलास फर्किने बताइएको छ ।
शुक्रवार बसेको न्यायाधीशहरुको बैठकमा बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्नुपर्नेबारे छलफल भएको थियो । आज सुरुमा बैठक बसेर त्यसपछि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने तयारी भएको एक न्यायाधिले बताए । न्यायाधिशहरुलाई इजालसमा फर्काउन माग गर्दै सर्वोच्च अदालतमा तीन वटा रिट दायर भएका छन् । उक्त रिटमाथि सुनुवाइ हुनुभन्दा अगाडी नै न्यायाधीशहरु इजलासमा फर्केने बताएको छ ।
प्रधानन्यायाधिश जबराको पक्ष र विपक्षमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर आज देखि विरोध प्रर्दशन शुरु गरिरहँदा केही कानून ब्यवसायीहरुले भने बारले प्रधानन्यायाधीसको राजीनामा माग गर्ने विषय नै नभएको भन्दै प्रतिरोधात्मक विरोध प्रर्दशन गरेका छन् ।
















यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया