सरकारले निःशुल्क सीपमूलक तालिम दिँदै

काठमाडौं । सरकारले सीपमुलक बढावा तथा स्वउद्यमशिलताका लागि विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम दिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि विभिन्न विषयमा सीपमूलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।
सूचना जारी गर्दै केन्द्रले इच्छुक व्यक्तिले मंसिर १ गतेसम्म अनलाइन आवेदन पेश गर्न जनाएको छ । देशको जुनसुकै स्थानबाट पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्याट्रन सिलाई (बेसिक, एडभान्स), व्युटिसियन (बेसिक, एडभान्स), मोटर वायन्डिङ, प्लम्बिङ, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, अटोमेकानिक्स (गाडी मर्मत), कम्प्युटर मर्मत (हार्डवेयर), बेकरी बेसिक, हाउस वायरिङ, खाद्य प्रशोधन, उद्यमशीलता विकास, फेसन डिजाइन, मेसिन इम्ब्रोइडरी, कृष्टल सामाग्री, कफी वारिष्टा एवम् हाते इम्बोइडरी तालिम रहेका छन् ।
उद्योग प्रवद्र्र्धन केन्द्रले वेबसाइटमा गएर आवेदन पेश गर्न सकिनेछ । उक्त वेबसाइटमा आवेदकको योग्यता, अनलाइन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत विवरण उपलब्ध गराइएको छ ।

















सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया