स्नेहा आश्रमका बालबालिकासँग मनाए गायक कबिन्द्रले जन्मदिन

काठमाडौं । ‘डाँडैमा मेला लागेछ, तिम्रो मेरो मायाको आधार, रिमझिम रिमझिम’ लगायतका चर्चित गीतका गायक कबिन्द्र श्रेष्ठले मुलपानीस्थित स्नेहा आश्रममा आफ्नो जन्मदिन मनाएका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित निवासमै नेवारी संस्कृति अनुसार पुजासँगै मन्दिरको दर्शनपछि अनाथालयका बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन् ।
गायक कबिन्द्रले जन्मदिनको अवसर पारेर मुलपानीस्थित स्नेहा आश्रमलाई ३० हजार रुपैंयाँ आर्थिक सहयोग पनि प्रदान गरे । उनले हरेक वर्षका जन्मदिनमा विभिन्न अशक्त तथा अनाथालयलाई सहयोग गर्दै प्रदान गर्दै आएको र यसपटक पनि सहयोग गरेको जानकारी गराए ।
‘मैले जन्मदिनमा मात्रै होइन अन्यबेला पनि बिभिन्न ठाउमा सहयोग गर्ने गरेको छु । यसपटक स्नेहा आश्रममा सानो सहयोग गरेको हुँ ।’ – उनले भने । स्नेहा आश्रम कलाकार सुलेमान शंकर (ईकु) ले सञ्चालन गर्दै आएका छन् ।
शुलेमानले आश्रम सञ्चालन गरेको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए ।
बि.स. २०४९ सालमा पहिलो एल्बम सार्वजनिक गरेर सांगितीक क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका गायक कबिन्द्रले बीचका केहिवर्ष गीत संगीतमा ब्रेक लिए पनि पछिल्लो समय सक्रिय छन् ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया