मूल्यवृद्धिको चौतर्फी विरोध
इन्धनको मूल्य बढाएको भन्दै प्रधानमन्त्रीको पुत्लादहन (फोटोफिचर)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नराज्य क्याम्पसको गेटअगाडिबाट विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । पटक पटक इन्धनको मूल्य बढाएको भन्दै आन्दोलित विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेका छन् ।

विद्यार्थीहरुले पुत्लादहन गर्ने क्रममा प्रहरीले क्याम्पस गेट भित्रै पसेर बल प्रयोग गरेको थियो ।
प्रधानमन्त्रीको पुत्ला बोकेर निस्किएका एमालेका विद्यार्थीहरुले ‘परमादेशको उपहार, मूल्यवृद्धि बारम्बार’ लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन चर्काउने बताएका छन् ।
विहीबार नै सत्ता गठबन्धन निकट विद्यार्थीहरुले पनि विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि अबिलम्ब फिर्ता गर्न माग गरेका छन् ।
विरोध कार्यक्रममा संक्षिप्त बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मुल्यवृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताए ।
उनले १२ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिए ।
नेपाल आयल निगमले बुधवार रातिदेखि लागू हुनेगरी डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मुल्यवृद्धि गरेको थियो ।





तस्वीरहरुः जुली गिरी
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया