पौडेल गुटमै सभापतिमा पाँच दाबेदार
सहमति जुटे सभापति छाड्न पौडेल तयार

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाटै पार्टीको नयाँ नेतृत्वका लागि पाँच जना दाबेदार खडा भएका छन् ।
बरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, डा.शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला नेतृत्वका आकांक्षी छन् । ‘पौडेलले आफूलाई एक पटकका लागि सहयोग गर्न पनि आग्रह गरे । तर सबै नेताहरु पछि हट्ने संकेत गरेनन् ।’– बैठकमा सहभागी एक नेताले भने । पौडेलले आफूले सबैलाई मिलाएर लैजाने पनि पटक पटक दोहोर्याएका थिए ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पाँच जनाले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिने बताउँदै आएका छन् । सभापतिका लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने सहमति जुटाउन पौडेलले शुक्रबार आफ्नो समूहका नेताहरुको बैठक बोलाएका थिए ।
आफू निकटका केन्द्रीय सदस्यहरुको बैठकमा पौडेलले आफ्नो समूहबाट एक जनालाई छान्न आग्रह गरे । पाँचै जना आकांक्षी पछि हट्ने संकेत नदेखिएपछि पौडेलले आफूले पनि उम्मेदवारी दिने बताएका छन् । आफ्नो समूहबाट एक जनामा सहमति जुटेमा भने आफूले सहयोग गर्न तयार रहेको समेत पौडेलले प्रतिवद्धता जनाएका छन् ।
बैठकमा पौडेल पक्षका युवा नेताहरुले भने सबै जना मिलेर अघि बढ्न सुझाव दिएका थिए ।
पौडेल गुटमा मात्रै होइन, पार्टी सभापति शेरबहादुर देउवा गुट भित्रै पनि मतैक्यता रहँदै आएको छ । देउवा पक्षका नेता बिमलेन्द्र निधिले त महिनौअघि नै सभापतिको उम्मेदवार घोषणा गरी सम्पर्क कार्यालय नै स्थापना गरिसकेका छन् ।
निधिलाई फकाउन भन्दै विहीबार मात्रै देउवाले बालुवाटरमै आफू पक्षका नेताहरुसँग छलफल गरेका थिए ।
यो पनि पढ्नुस् ः
पौडेल प्यानलबाट शशांक कोइराला आउट
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया