‘उत्पादनमूलक उद्योगलाई पहिलो प्राथमिकता दिन्छौँ
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा शुक्रबार आयोजित अन्तरक्रियामा उनले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका हुन् ।
उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘भन्सार छुट चाहियो कि, विद्युत् वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।’ उनले उत्पादित बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गरे ।
हालसम्म ४.७ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको स्वीकार्दै उनले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी दिए । मन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको बताउँदै उनले बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रबार नै २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरिएको र केही दिनमै तरलताको समस्या समाधान हुने जिकिर गरेका थिए ।
पोखरा–काठमाडौँको सडक यात्रा दुई घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उनले बाटो छोटिएमा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्ने उल्लेख गरे । कोभिडले पीडित व्यवसायीका लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको जानकारी गराउँदै अर्थमन्त्री शर्माले साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको बताए ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
प्रतिक्रिया