भारतीय प्रहरीको कारबाहीमा २६ नक्साल विद्रोहीको मृत्यु
काठमाडौँ । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो ।
भिडन्तमा परी कम्तीमा २६ जना नक्सलाइटहरूको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यस क्रममा केही प्रहरी घाइते भएका बताइएको छ ।
महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जंगलमा सो भिडन्त भएको थियो । भिडन्तमा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ । कतिपय विद्रोहीहरू भागेका र केही घाइते भएका छन् ।
उक्त जंगलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यस क्रममा केही हप्ताअघि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो ।
जंगलमा प्रहरी टोली पुगेपछि नक्सालहरूले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरूले प्रयोग गरेका हतियारसमेत बरामद गरेको जनाएको छ ।
यी नक्सालहरू भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रहेका थिए । ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको भारत सरकारले जनाएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया