शेयर बजारमा झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अङ्कले गिरावट भएको छ ।
शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा झरेको हो ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।
बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७, सामूहिक लगानी ०.०७, लगानी ३.१९ अङ्कले ओरालो लागेको छ ।
त्यस्तै, होटेल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, वित्त २९.१८, निर्जीवन बीमा २०.० २०.०६, उत्पादन ५२.२६, अन्य ३५.४२, लघुवित्त ४.२८ अङ्कले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु २७ करोड ३९ लाख ९३ हजार ९३ बराबरको कारोबार भयो ।
आइसिएफसी फाइनान्स रु २४ करोड २८ लाख ७२ हजार ६९०, नबिल बैंक रु १६ करोड ६७ लाख ६५ हजार ३६८, लुम्बिनी विकास बैंक रु १६ करोड २३ लाख ८६ हजार ८२२, र साहस ऊर्जा रु १३ करोड ४४ लाख २३ हजार ७३२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेको छ ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख १३ हजार ६८० बराबर पुगेको छ । कारोबारका आधारमा बोटलर्स तराईको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो ।
महालक्ष्मी विकास बैंक ९.८७ र कालिका पावर कम्पनीका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए ।
त्यस्तै एचआइडिसिएल १०, सासह ऊर्जा ८.७४, नयाँ सारथी लघुवित्त ३.२६, समिट लघुवित्त ३.०५ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.८९ प्रतिशतले गुमाए ।

















इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया