घर दार्चुला, किनमेल धार्चुला
नुनदेखि सुनसम्म धार्चुला बजारमा निर्भर

दार्चुला । दार्चुलाको मुख्य व्यापारिक बजार बनेको छ, भारतको पिथौरागडस्थित धार्चुला बजार । सीमा वारी र पारी बीचमा महाकाली नदी छ ।
नदी वारि दार्चुलाको खलंगा बजार छ भने पारि भारतको धार्चुला बजार । दार्चुलाबासी नुनदेखि सुनसम्म धार्चुला बजारमा नै निर्भर छन् ।
खलंगा बजारका व्यापारीहरुलेसमेत पारी धार्चुलाबाटै सामान ल्याएर व्यापार गर्ने गरेका छन् ।
यहाँका स्थानीय दुई पैसा भएपनि कम मूल्यमा सामान पाइन्छ भनेर सीमा पारीको धार्चुला बजार नै धाउने गरेका छन् ।
दैनिक सयौंको संख्यामा दार्चुलाका बासिन्दा किनमेलका लागि धार्चुला लाग्छन् ।
‘वारि नेपालमा ९० रुपैयाँ किलोमा पाइने चिनी पारि भारतको धार्चुलामा ७० रुपैयाँमै पाइन्छ,’ दार्चुला एक स्थानीयले भने, ‘त्यसैकारण नेपालीहरु सस्तोका लागि भएपनि पारि नै जाने गरेका छन् ।
’घरायसी सामान होस वा अन्य सामनाका लागि धार्चुलानै जाने गरेको एक स्थानीय महिलाले बताइन् ।
‘चिनी लिनका लागि त पारि पुग्छन् भने अरु सामान त कुरौ छोडौं,’ उनले भनिन्, ‘हामी त खलंगा बजार नगई सोझै धार्चुला बजार आउँछौ । खलंगा बजारमा महंगो पर्छ सामानको यता सस्तोमा पाइन्छ ।’ दुई रुपैयाँ सस्तो् भएपनि धार्चुला नै धाउने गरेको उनको भनाई छ ।
उनका अनुसार पहिले बाटो नहुँदा घर निर्माणका सामग्रीसमेत पारि धार्चलाबाटै आउँथे । अहिले बाटो बनेपछि भने निर्माणका सामग्री नेपालबाट ल्याउने गरिएको छ । स्थानीयले अन्य सामान भने अझै पनि धार्चुलाकै बजारबाट ल्याउने गरेको स्थानीय बताउँछन् ।

















इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया