घर दार्चुला, किनमेल धार्चुला
नुनदेखि सुनसम्म धार्चुला बजारमा निर्भर

दार्चुला । दार्चुलाको मुख्य व्यापारिक बजार बनेको छ, भारतको पिथौरागडस्थित धार्चुला बजार । सीमा वारी र पारी बीचमा महाकाली नदी छ ।
नदी वारि दार्चुलाको खलंगा बजार छ भने पारि भारतको धार्चुला बजार । दार्चुलाबासी नुनदेखि सुनसम्म धार्चुला बजारमा नै निर्भर छन् ।
खलंगा बजारका व्यापारीहरुलेसमेत पारी धार्चुलाबाटै सामान ल्याएर व्यापार गर्ने गरेका छन् ।
यहाँका स्थानीय दुई पैसा भएपनि कम मूल्यमा सामान पाइन्छ भनेर सीमा पारीको धार्चुला बजार नै धाउने गरेका छन् ।
दैनिक सयौंको संख्यामा दार्चुलाका बासिन्दा किनमेलका लागि धार्चुला लाग्छन् ।
‘वारि नेपालमा ९० रुपैयाँ किलोमा पाइने चिनी पारि भारतको धार्चुलामा ७० रुपैयाँमै पाइन्छ,’ दार्चुला एक स्थानीयले भने, ‘त्यसैकारण नेपालीहरु सस्तोका लागि भएपनि पारि नै जाने गरेका छन् ।
’घरायसी सामान होस वा अन्य सामनाका लागि धार्चुलानै जाने गरेको एक स्थानीय महिलाले बताइन् ।
‘चिनी लिनका लागि त पारि पुग्छन् भने अरु सामान त कुरौ छोडौं,’ उनले भनिन्, ‘हामी त खलंगा बजार नगई सोझै धार्चुला बजार आउँछौ । खलंगा बजारमा महंगो पर्छ सामानको यता सस्तोमा पाइन्छ ।’ दुई रुपैयाँ सस्तो् भएपनि धार्चुला नै धाउने गरेको उनको भनाई छ ।
उनका अनुसार पहिले बाटो नहुँदा घर निर्माणका सामग्रीसमेत पारि धार्चलाबाटै आउँथे । अहिले बाटो बनेपछि भने निर्माणका सामग्री नेपालबाट ल्याउने गरिएको छ । स्थानीयले अन्य सामान भने अझै पनि धार्चुलाकै बजारबाट ल्याउने गरेको स्थानीय बताउँछन् ।










बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया