जनगणना गर्न छाङरू र तिंकर गएको टोली हेलिकोप्टरमार्फत फिर्ता

कैलाली । दार्चुलाको ब्यास गाउँपालिका १ को छाङरू र तिङ्करमा जनगणना गर्न गएका गणक टोलीलाई जनगणना कार्य सम्पन्न भएपछि बिहीबार हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ । भारतले बाटो प्रयोगको अनुमती नदिएको र ब्यासबाट दार्चुला सदरमुकाम आउने नेपालतर्फ उपयुक्त बाटो नहुँदा हेलिकोप्टरमार्फत खलंगा ल्याइएको हो ।
जोखिमपूर्ण बाटोमा तीन दिन पैदल हिडेर छाङरू र तिकंर पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की नेतृत्वको टोलीलाई सुर्खेतबाट आएको हेलिकप्टरले खलंगा ल्याएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । तिङ्करका केही बासिन्दा जनगणना गर्नुपुर्व नै बेँसी झरिसकेकाले छुट भएकाहरूको जनगणना गर्न गणकलाई जिम्मा दिईएको जनगणना अधिकृत पदमराज पाण्डेले बताए ।
जिल्लाभरीको जनगणनाकार्य लगभग सकिएको उनले बताए । गणकहरू साढे तीन दिन हिँडेर छाङ्गरू र तिंकरमा जनगणना गर्न पुगेका थिए।
















अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया