नेकपा एस र नेकपा (माले)को कार्य समितिबीच एकीकरण
काठमाडौँ । खोटाङमा नेकपा एकीकृत समाजवादी र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेका हुन् ।
गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्यूरो सदस्य एवं प्रदेश सचिवालय सदस्यलगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिक रूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ । फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेलले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र मालेका वार्ता टोली संयोजक फुँयालबीच गत कात्तिक २५ गते मालेको २५ सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाडेका पूर्वसांसद फुँयाल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको जिल्ला सचिव राजन आचार्यले जानकारी दिए ।
यसैबीच एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तहमा संगठन विस्तार तथा पार्टी कार्यालय स्थापना अभियान सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म चार स्थानीय तहमा संगठन विस्तार तथा कार्यालय स्थापनाको काम सकिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिए ।
एकीकृत समाजवादीले जन्तेढुंगा, बराहपोखरी र केपिलासगढी गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा आफ्नो संगठन विस्तार एवं कार्यालय स्थापनाको काम सम्पन्न गरेको छ । संगठन विस्तार तथा कार्यालय स्थापनाका लागि जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य चाम्लिङ, सहइन्चार्ज वीरबलकाजी राई, प्रदेश समिति सदस्य उदयबहादुर कार्कीलगायत नेता भूगोलमा खटिएका छन् ।
















नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया