चेक गणतन्त्रमा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका चेक गणतन्त्रका राष्ट्रपतिले आइतबार मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । अस्पतालमा रहेका राष्ट्रपति मिलोस जेमान शनिबार अस्पतालबाट निवासमा फर्किने अस्पतालले जनाएको छ ।
अस्पतालबाट घर फर्किएलगत्तै उनले उदारवादी नेता पेट्रो फियालालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने भएका छन् । उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार बाम झुकाव राख्ने ७७ वर्षीय राष्ट्रपति जेमान गत अक्टोबर १० मा अस्पताल भर्ना भएका थिए ।
आम निर्वाचन भएको भोलिपल्ट उनी अस्पताल भर्ना भएका हुन् । उनलाई कलेजोसम्बन्धी समस्यासमेत रहेकाले चिकित्सकले लामो समय अस्पतालमै राखेका हुन् ।
उनलाई भर्ना गरिएको पाराग्वे सैनिक विश्वविद्यालय अस्पतालले गत बिहीबार वक्तव्य जारी गर्दै उनी चाडै घर फर्किन सक्ने जनाएको थियो । स्थानीय समयअनुसार आगामी आइतबार बिहान ११ बजे फियालालाई जेमानले प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति जेमानले कोरोनाविरुद्ध तीन ओटा खोप लगाइसकेका थिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया