एमाले महाधिवेशन
अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता, आजै बेलुकी चुनाव

काठमाडौं । अन्ततः नेकपा एमालेमा अध्यक्ष सहितका पदमा निर्वाचन हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले विधान संसोधन गरेर आफुलाई अध्यक्षमा उठन मिल्ने गरी सहजता बनाएर निर्विकल्प अध्यक्ष बन्न चाहेपनि उपाध्यक्ष रहेका भीम रावलले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएपछि अव निर्वाचन तर्फ एमाले महाधिवेशन मोडिएको हो ।
पार्टीमा लामो समय नेतृत्व गरेका माधव नेपाल ,झलनाथ खनाल अलग पार्टी बनाएर विभाजित भएको र उपाध्यक्ष रहेका बामदेव गौतमले पार्टी छोडेको अवस्थामा सन्निकट चुनावलाई समेत ध्यान दिएर ओलीले एमालेमा सर्वसम्मत रुपमा महाधिवेशनवाट नेतृत्व चयन गर्न चाहेका थिए । त्यसका लागि उनी निर्विकल्प अध्यक्ष बन्न खोजेका थिए ।
त्यसैका लागि ओलीले महाधिवेशन प्तिनिधीको चुन्ने र चुनिने अधिकार सम्मलाई वन्देज लगाउन खोज्दै महाधिवेशनको वन्दशत्रको हलवाट पदाधिकारी देखि सदस्य सम्म आफैले छान्ने गरी प्राधिकार लिने निर्णय गराएका थिए ।
उनलाई त्यस्तो अधिकार दिने गरी विशेष प्रस्ताव शनिवारको वन्दशत्रमा विष्णु पौडेलले विशेष प्रस्तावका रुपमा राखेका थिए । त्यसलाई वन्दशत्रले ताली बजाएर अनुमोदन गरेको थियो । तर ओलीले अधिकार लिने त्यो खालको निर्णयमा भीम रावल र घनश्याम भुसालले असहमति जनाएका थिए ।
ओलीले आइतबार १२ घण्टा वढी समय महाधिवेशनको वन्दशत्र रोकेर सहमतिमा आफु निर्विकल्प अध्यक्ष बन्न र अन्य पदाधिकारी देखि सदस्यसम्म सहमतिका साथ चुन्न आफु निकटका नेताहरुसँगको निरन्तरको छलफलका आधारमा नामावली लाई अन्तिम रुप दिएका थिए ।
तर रावल र भुसालले आफुहरुको उम्मेदवारी कायम रहेको र यसरी चुन्ने नेतृत्व स्वीकार्य नहुने वताएपछि अन्तत: एमालेमा चुनाव हुन लागेको हो ।
अध्यक्षका लागि भीम रावल र केपी शर्मा ओली दुवैले उम्मेदवारी दर्ता गराईसकेका छन् । रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन् । बजगाईं कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् भने विष्ट एमाले अछामकी नेता हुन् । ओलकिो प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल छन् । ओलीले विष्णुलाई उपाध्यक्ष र शंकरलाई महासचिव बनाएका छन् ।

निर्वाचन समितिले आइतबार मध्यरातमै निर्वाचनका प्रक्रिया अगाडी वढाउन खोजेपनि वन्दशत्रको अध्यक्षमण्डलको आग्रहमा उसले निर्वाचन कार्यतालिका संसोधन गरेको थियो । त्यसपछि विहान उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने र वेलुकी ९ वजे देखि राती ३ वजेसम्म मतदान गर्ने गरी कार्यतालिका बनाएको थियो ।
ओली र रावल दुवैको अध्यक्षमा उम्मेदवारी परेपछि अध्यक्षमा अव निर्वाचन सुनिश्चित भएको छ ।
रावलले आफु पराजित भएपनि चुनावी प्रतिस्पर्धा गर्ने कुराको अडान नछोडेपनि ओलीले नचाहेपनि उनी निर्वाचनमा जान वाध्य भएका छन् । उनको सर्वसममत र निर्वकल्प हुने चाहनामा ब्रेक लागेको छ ।
उपाध्यक्षमा ओलीले सर्वसम्मतमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामवहादुर थापा (बादल), सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे र विष्णु पौडेलको नाम प्रस्ताव गरेका थिए । तर त्यहाँ पनि घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएकाले निर्वाचन सुनिश्चित जस्तै देखिएको छ ।
ओलीले नवौं महाधिवेशनवाट निर्वाचित सचिव भीम आचार्यलाई पनि पदाधिकारीमा समेटेका थिएनन । उनले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।
अहिलेसम्म उपाध्यक्षमा विष्णु पौडेल, घनश्याम भुसाल, युवराज ज्ञवाली लगायतका नेताहरुले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ ।


















इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया