नेपाल वेयर हाउसले आइपिओ बिक्री गर्ने

काठमाडौँ । नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख पुर्याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ ।
हालै सम्पन्न कम्पनीको साधारणसभाले १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण शेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए । एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुने छ ।
निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड लगानी गरिसकेका छन् । कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ ।
निर्माणधिन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया