कैलालीमा युवक हत्या : एक जना पक्राउ

कैलाली । कैलालीमा युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको हो । तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
दासको शव शनिवार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो । दासको हत्यापछि उनका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव उठाउन नदिने अडान राखेका छन् । उनीहरुले शव फेला परेको स्थानलाई घेराउ गरेका छन् । उनको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
उक्त फोन रेकर्ड मृतकी श्रीमतीबाट बरामद भएको प्रहरी स्रोतले जनाएको छ । मृतकी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति र फोनमा कुराकानी गर्ने व्यक्तिको खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन् । मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका थिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया